शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई गिद्ध भन्दै ओलीले गरे गालीगलौज

सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई गिद्ध भन्दै ओलीले गरे गालीगलौज

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ८ २०७८

  • 6.4K
    SHARES

  • सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई गिद्ध भन्दै ओलीले गरे गालीगलौज

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली बालुवाटारबाट बालकोट पुगेपछि धेरैले उनी सच्चिएको अनुमान गरेका थिए । तर, उनका पछिल्ला गतिविधिले सबैको अनुमानलाई गलत सावित गरेको छ ।

    हिजो वाम एकताका नाममा झन्डै दुई तिहाइ बहुमत पाएकाले उनमा चुलिएको अहंकार र दम्भ अझै घटेको छैन । अहिले पनि उनी आफ्ना प्रतिस्पर्धी नेताहरूलाई गालीगलौज गरिरहेका छन् ।

    शनिबार आयोजित एक कार्यक्रममा ओलीले आफ्ना प्रतिस्पर्धी दलका नेताहरूलाई गिद्ध भनेर अपमान गरे । पुरानो लोकोक्ति भन्दै ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेतालाई ओलीले गिद्ध भनेर आरोप लगाएका हु्न् ।

    उनले भने– ‘हाम्रा पुर्खाहरू धुरीमा एउटा गिद्ध बस्यो भने अलिच्छिन लाग्छ भन्थे, यहाँ त पाँचवटा गिद्ध धुरीमा बसेका छन् ।’ प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वप्रधानमन्त्रीसमेत भइसकेका ओलीले सार्वजनिक रूपमै विपक्षी दलका नेताहरूलाई गिद्ध भनेर लाञ्छना लगाएपछि अब उनी कुन मुखले ती नेताहरूसँग छलफल र संवाद गर्छन् भन्ने चासो देखिएको छ ।

    मुखाले बन्नुको पनि हद हुन्छ । दुई तिहाइ बहुमत पाउँदा पाउँदै पनि यही मुखाले प्रवृत्तिका कारण ओलीले साढे तीन वर्षमै कुर्सीबाट पदच्यूत हुनुपरेको थियो । अहिले उनी फेरि दुई तिहाइ दिनुस् शान्ति र समृद्धि ल्याउँछु भनेर जनतालाई मूर्ख बनाउने अभियानमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend