सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

टीटीपीसँगै अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघको दाबी 

टीटीपीसँगै अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघको दाबी 

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ४ २०७८

  • 5.5K
    SHARES

  • टीटीपीसँगै अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघको दाबी 
    फाइल तस्वीर

    न्युयोर्क - प्रतिबन्धित तहरीक ए तालिबान पाकिस्तान (टीटीपी) सँग अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघले दाबी गरेका छन्। संयुक्त राष्ट्र संघीय मोनिटरर्सका अनुसार टीटीपीसँग अझै तीनदेखि पाँच हजार लडाकू रहेको दाबी गरेको हो। 

    सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पठाइएको प्रतिवेदनले तालिबानद्वारा सञ्चालित अफगानिस्तानमा अल कायदा र मध्य एशिया क्षेत्र र बाहिरका धेरै आतङ्ककारी समूहहरूको लागि सुरक्षित आश्रयस्थान बन्ने सम्भावना रहेको चेतावनी दिएको छ।

    अमेरिकी सरकार र संयुक्त राष्ट्रका विभिन्न एजेन्सीहरूले लामो समयदेखि अल कायदा अफगान जिहादको सुरुवातदेखि नै अफगानिस्तानमा सक्रिय रहेको दाबी गर्दै आएका छन्। अमेरिकी अधिकारीहरूले पनि अलकायदा गतिविधिहरू रोक्न सार्वजनिक वाचा गरे पनि अफगानिस्तानका नयाँ तालिबान नेताहरूले त्यसो नगरेको दाबी गरेका छन्। 

    संयुक्त राष्ट्र संघको विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीको २९ औँ प्रतिवेदनले दक्षिण एसिया र त्यसभन्दा बाहिरका आतंकवादी समूहहरूको विस्तृत दायरासँग डिल गर्छ र जुन र डिसेम्बर २०२१ को बीचमा भएका घटनाहरूलाई समेट्छ।

    अफगानिस्तानमा रहेका टीटीपी लडाकुका परिवारका सदस्यहरू पुनः एकीकरणको आश्वासनमा पाकिस्तानमा पुनर्वास गर्न चाहन्थे भनी रिपोर्टले दाबी गरेको छ।

    समितिले अल कायदा, तालिबान र आतंकवादी इस्लामिक स्टेट (आईएस) समूहका विभिन्न गुटहरू जस्ता ठूला आतंकवादी समूहहरूको गतिविधिलाई निगरानी गरेका छन्। समितिले यी समूहहरूमाथि संयुक्त राष्ट्र संघले तोकेको प्रतिबन्धहरू लागू भएको सुनिश्चित गर्न आवश्यक छ।

    टोलीले अफगानिस्तानमा तालिवानको सत्तामा फर्किनुलाई देशको हालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण घटनाको रूपमा वर्णन गरेको र सको सबैका लागि दूरगामी प्रभाव हुनेछ।

    आतंकवादी इस्लामिक स्टेट अफ खोरासानले सीमित क्षेत्रलाई नियन्त्रण गर्दछ तर यस क्षेत्रभरिपरिष्कृत आक्रमणहरू बढाउने उल्लेख गरिएको छ। यसको सिमाना पार गर्ने क्षमताले अफगानिस्तानको सुरक्षा अवस्थाको जटिलता थपेको बताएका छन्। 

    दक्षिण एसियाको आफ्नो अध्यायमा प्रतिवेदनले अफगानिस्तानमा तालिबानको कब्जा र यस क्षेत्रका अन्य देशहरूमा यसको प्रभावको बारेमा कुरा गरेको छ। प्रतिवेदनमा तालिबान, अलकायदालगायतले विभिन्न क्षेत्रका सबै प्रमुख आतंकवादी समूहहरूसँग घनिष्ठ सम्बन्ध रहेको पाइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ४ २०७८०९:०३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend