आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र ओलीले सुरु गरे खेल्न, बालकोटमा शेखर कोइरालासँग गोप्य भेट

कांग्रेसभित्र ओलीले सुरु गरे खेल्न, बालकोटमा शेखर कोइरालासँग गोप्य भेट

  • मिडिया डबली
  • मंगलवार, माघ २५ २०७८

  • 5.1K
    SHARES

  • कांग्रेसभित्र ओलीले सुरु गरे खेल्न, बालकोटमा शेखर कोइरालासँग गोप्य भेट

     काठमाडौं - देश चुनावी महासंग्राममा होमिन लागेकै बेला एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसभित्र खेल्न सुरु गरेका छन् ।

    त्यसको सुरुवात उनले कांग्रेस नेता डा.शेखर कोइरालाबाट थालेका छन् । ओलीले धेरैअघिदेखि कोइरालालाई भेट्न चाहेका थिए । जसअनुसार मंगलबार बालकोटमा ओली र कोइरालाबीच गहन छलफल भएको छ ।

    कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि कोइरालाले अहिलेसम्म सभापति शेरबहादुर देउवालाई भेटेका छैनन् । उनले सभापति देउवा स्वेच्छाचारी ढंगले हिँडेको, पार्टी निर्णय गरेको भन्दै आरोप लगाउँदै आएका छन् । यहीबेलामा ओली र कोइरालाबीचको भेटवार्तालाई लिएर कांग्रेसभित्र सनसनी मच्चिएको छ ।

    कांग्रेस नेताहरूले कतै ओलीले पार्टीभित्र खेल्न लागेको त होइन ? भन्ने आशंकासमेत गर्न थालेका छन् । तर, धेरैले कांग्रेसलाई गठबन्धन नगरी निर्वाचनमा जान दबाब बढाउनकै लागि ओलीले कोइरालासँग भेटवार्ता गरेको हुन सक्ने अर्थ लगाएका छन् । स्थानीय तहको निर्वाचनको मिति तोकिएसँगै पाँचदलीय गठबन्धनको भविष्य के हुने भन्ने चासो छ ।

    कोइराला गठबन्धन विरोधी नेता हुन्् । पार्टी सभापति देउवा फेरि पनि गठबन्धन गरेरै चुनावमा जाने आशंका कोइरालाको छ । एमाले कुनै पनि हालतमा कांग्रेस गठबन्धन गरेर चुनावमा जाओस् भन्ने पक्षमा छैन । त्यसैले ओलीले शेखर कोइरालासँग ‘वन टु वन’ भेटवार्ता गरेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend