शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

संसद् विघटनमा आँखा फुटेको एमाले सधैं दुई तिहाइ देख्छ

संसद् विघटनमा आँखा फुटेको एमाले सधैं दुई तिहाइ देख्छ

  • मिडिया डबली
  • मंगलवार, माघ २५ २०७८

  • 6.1K
    SHARES

  • संसद् विघटनमा आँखा फुटेको एमाले सधैं दुई तिहाइ देख्छ
    फाइल तस्वीर

    काठमाडौं - दुई दुई पटक संसद् विघटन गरेको एमालेका लागि आगामी निर्वाचन अग्निपरीक्षा सावित हुने निश्चित छ ।

    किनभने यस बीचमा एमाले अध्यक्ष केपी ओलीले संसदीय लोकतन्त्र मास्न र संविधान विपरीत जे जे गतिविधि गरे त्यसलाई आमजनताले राम्रो मानेका छैनन् ।

    संसदलाई पाँच वर्ष चल्नै नदिने, संसद् बैठक बीचमै रोकेर अध्यादेशबाट शासन चलाउने ओलीकै कारण संसदीय व्यवस्था बदनाम गरिएको थियो ।

    अहिले त्यही एमाले अबको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउँछु भनेर गुड्डी हाँक्न छाडेको छैन । जबकि ०७४ को निर्वाचनमा वाम एकताको नारा अघि सारिएको थियो ।

    ओलीको क्रेज धेरै थियो । माओवादीले एमालेलाई ठूलो विश्वास गरेर साथ दिएको थियो । तर, यसबीचमा बाग्मतीमा धेरै पानी बगिसकेको छ । वाम एकता ध्वस्त बनेको छ ।

    एमाले र माओवादी केन्द्रको एकता खारेज भएको छ । दुई पार्टीबीच शत्रुतापूर्ण व्यवहार छ । एमालेनै चोइटिएको छ । एमालेबाट धेरै नेता कार्यकर्ता बाहिरिएका छन् ।

    ओलीले पार्टी र आफ्नो साख सखाप पारेका छन् । ‘साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ’ भनेझैं झन्डै दुई तिहाइ बहुमत हुँदाहुँदै संसद् विघटन गरेको एमाले अहिले पनि त्यही सपना देखिरहेको छ ।

    यदि अहिलेकै गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहेमा एमालेले धेरै ठाउँमा लज्जास्पद हार बेहोर्नुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    राष्ट्रिय सभा निर्वाचनमै पनि एमालेले त्यो दृश्य देखिसकेको छ । तर पनि पाँच वर्षको जनमत सम्झेर एमाले अहिले पनि बर्बराउन छाडेको छैन ।

    यो देशमा पञ्चले पनि शासन चलाएकै हुन् । कांग्रेसले पनि दुई तिहाइ बहुमत ल्याएकै हो । माओवादी केन्द्रले पहिलो संविधान सभा निर्वाचनमा झन्डै आधा संसद् ओगटेकै हो ।

    एमालेले पनि ०७४ मा राम्रै सिट हात पारेकै हो । तर, अब ०७९ को निर्वाचनमा पनि त्यही बहुमत आउँछ भनेर सोच्नु एमालेको दिवालीयापनबाहेक केही पनि होइन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend