इस्लामावाद - सर्कुलर ऋण र भुक्तानी क्षमताको कारणले गर्दा अर्थतन्त्रमा घाटा गएकोले पाकिस्तानले आफ्नो प्रतिस्पर्धात्मक गुणा गुमाएको छ।
प्रधानमन्त्री इमरान खानलाई लेखेको पत्रमा पाकिस्तानको प्रतिस्पर्धाको अवस्था हराएको उल्लेख गरेको पाकिस्तान चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (पीसीसी) का अध्यक्ष नासेर हयात मागोलाई उदृत गर्दै शुक्रबार द न्युज इन्टरनेशनलले रिपोर्ट गरेको छ।
पाकिस्तानलाई आर्थिक पतनको मार्गमा हिँडाउने सरकारको पावर प्लान्टहरू चलाउनेलगायतका समस्या समाधानमा कुनै कुशलता नदेखिएको उक्त पत्रमा उल्लेख छ। प्रधानमन्त्री इमरान खानलाई सम्बोधन गर्दै “उर्जा क्षेत्रका समस्याहरू सम्बोधन गरेर पाकिस्तानलाई आर्थिक पतनबाट बचाउन सकिने” उपायहरुबारे पनि उल्लेख गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
पत्रमा के विद्युत प्राधिकरणले निर्बाध बिजुली उपलब्ध गराउन असफल भएको भन्ने प्रश्न गर्दै विद्युत महसुलमा भारी वृद्धि गर्नेहरुलाई कारबाही गर्नसमेत आग्रह गरिएको छ। फर्नेस आयलमा यसको सबैभन्दा असक्षम प्लान्टहरू चलाएको र जसका कराण पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बताइएको छ।
अतिरिक्त ऊर्जाको बढ्दो लागतको अर्थ उपभोक्ताको विद्युत महसुलमा निरन्तर वृद्धि भएको छ। यसले मुद्रास्फीतिलाई पनि बढाएको र औद्योगिक प्रतिस्पर्धात्मकता गुम्दै गएको, निर्यातमुखी उद्योगहरूलाई महसुल वृद्धिको पूर्ण असरबाट जोगाउन विद्युत महसुलमा सरकारी अनुदान दिनुपर्नेसमेत सुझाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।