शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

अहिले पनि ओलीले भ्रष्टाचारमा संलग्न आफ्ना मन्त्रीलाई जोगाउँदैछन्, को को छन् जोगिनेमा ?

अहिले पनि ओलीले भ्रष्टाचारमा संलग्न आफ्ना मन्त्रीलाई जोगाउँदैछन्, को को छन् जोगिनेमा ?

  • मिडिया डबली
  • बिहिवार, माघ २० २०७८

  • 6.2K
    SHARES

  • अहिले पनि ओलीले भ्रष्टाचारमा संलग्न आफ्ना मन्त्रीलाई जोगाउँदैछन्, को को छन् जोगिनेमा ?

    काठमाडौं - नेपालमा राजनीति यति हाबी छ कि हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको हुन्छ । अन्य देश विकसित हुनुमा कर्मचारी संयन्त्र बलियो भएकाले हो ।

    तर, नेपालमा कर्मचारी संयन्त्रलाई राजनीतिले फनफनी घुमाएको घुमाइ छ । त्यसैले जति नै भ्रष्टाचार गरे पनि नेताहरूले उन्मुक्ति पाउँदै आएका छन् ।

    प्रधानमन्त्री बन्नेवित्तिकै चार वर्षअघि केपी ओलीले राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाव प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्ना निकट कर्मचारी सेट गरे । त्यसैले उनका मन्त्रीहरू भ्रष्टाचारमा मुछिए पनि उनले उन्मुक्ति दिँदै आए ।

    जसकारण ईश्वर पोखरेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, पद्मा अर्याल, योगेश भट्टराई, लेखराज भट्टहरू जोगिँदै आएका छन् । ईश्वर र भानुभक्त ढकाल त कोरोनाका स्वास्थ्य सामग्री ल्याउँदा करोडौं भ्रष्टाचारमा मुछिएका थिए ।

    तर, ओलीकै निर्देशनमा अख्तियारले उनीहरूलाई छानबिनमा ल्याएन । किनकि प्रमुख आयुक्त प्रेमकुमार राई एमालेका असली कार्यकर्ता हुन् । ओम्नी, यती काण्डमा एमालेका मन्त्री मुछिएका थिए ।

    अहिलेको बतास काण्डमा योगेश भट्टराई सिधै मुछिएका छन् । पहिले रवीन्द्र अधिकारी पनि साढे चार अर्बको भ्रष्टाचार काण्डमा मुछिएका थिए । उनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

    माओवादीबाट एमाले आएका लेखराज भट्टलाई ओलीले अहिले पनि बचाएका छन् । जबकि ओली प्रधानमन्त्री छैनन् । उनकै निर्देशनमा अख्तियारले चुनढुंगा उत्खननमा भट्टलाई उन्मुक्ति दिएको छ ।

    छानबिनमा तानेन । तत्कालीन उद्योगमन्त्री भट्टलाई कारबाहीको दायरामा नल्याई मन्त्रालय र विभागका एक दर्जन कर्मचारीमाथि आरोपपत्र दायर गरिएको छ ।

    ओलीले आफूलाई जोगाउँछन् भनेर नै भट्टले प्रचण्डलाई छाडेर एमालेको फेर समाएको पुष्टि भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend