काठमाडौँ- गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत 'ए मैना...' गीत रिजिल भएको छ ।
मंगलबार उक्त गीतको भिडिओ झझल्को डिजिलको अफिसिय युटुव मार्फत रिजिज गरिएको हो ।
प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।
गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम केसीको छायाँकनमा तयार पारिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
दिलिप रेग्मीको निर्देशनमा भिडिओ तयार गरिएको छ । 'ए मैना' गीतको भिडिओमा मोडल लोमस शर्मा र नायिका नम्रता सापकोटाको दमदार अभिनय देख्न सकिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।