सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

इन्डो प्यासिफिकमा समुद्री चुनौतीहरू विरुद्ध भारत जर्मन सहयोगलाई बढावा दिन विदेश सचिव श्रृङ्लाको आह्वान

इन्डो प्यासिफिकमा समुद्री चुनौतीहरू विरुद्ध भारत जर्मन सहयोगलाई बढावा दिन विदेश सचिव श्रृङ्लाको आह्वान

  • मिडिया डबली
  • मंगलवार, माघ १८ २०७८

  • 3.4K
    SHARES

  • इन्डो प्यासिफिकमा समुद्री चुनौतीहरू विरुद्ध भारत जर्मन सहयोगलाई बढावा दिन विदेश सचिव श्रृङ्लाको आह्वान

    नयाँ दिल्ली - इन्डो प्यासिफिक क्षेत्रमा आफ्नो संलग्नतालाई तीव्र बनाउन जर्मनीलगायत भारतले युरोपेली साझेदारहरूको बढ्दो चासोको स्वागत गरेको छ।

    भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले भारतमा नयाँ दिल्ली र बर्लिनको प्राथमिकताहरू, हिन्द प्रशान्त क्षेत्रको बहुपक्षीयता र कानूनको शासनलाई बलियो बनाउने र सामुद्रिक चुनौतिहरूविरुद्ध क्षमता अभिवृद्धिमा संयुक्त प्रयासमार्फत क्षेत्रको सुरक्षाका मुद्दाहरू समावेश गर्न सहकार्यका लागि दुई देशबीचको प्रयासलाई फराकिलो बनाउन सकिने बताइएको छ। 

    वैश्विक मापदण्ड र अन्तर्राष्ट्रिय कानुनमा आधारित स्वतन्त्र र खुला इन्डो प्यासिफिक क्षेत्रको लागि जर्मनीको नयाँ गठबन्धन सरकारको प्रतिबद्धतालाई नोट गर्न पाउँदा खुी लागेको र  इन्डो प्यासिफिकमा जर्मनीको दिशानिर्देशमा पहिचान गरिएका प्राथमिकताहरू, विशेष गरी बहुपक्षीयता, कानूनको शासन र लोकतन्त्र, जलवायु संरक्षण, व्यापार र डिजिटलाइजेसनलाई सुदृढ गर्ने, हाम्रा चासोहरूसँग नजिकबाट मेल खाजे भारतीय विदेश सचिव श्रृङ्लाले बताए। 

    अब्जर्भर रिसर्च फाउन्डेसन, नेसनल मेरिटाइम फाउन्डेसन र कोनराड एडेनाउर स्टिफ्टुङ्गको भारत कार्यालयद्वारा इन्डो प्यासिफिकतर्फ युरोपेली र जर्मनीको धुरीको प्रतीकको रूपमा मुम्बईमा जर्मन फ्रिगेट बायर्नको आगमनलाई प्रकाश पार्न आयोजना गरिएको कार्यक्रममा यस्तो बताइएको हो। 

    भर्चुअल सिम्पोजियमका क्रममा श्रृङ्लाले समुद्री डकैती र अन्य सामुद्रिक चुनौतीहरू विरुद्ध क्षमता अभिवृद्धिमा संयुक्त प्रयासमार्फत यस क्षेत्रको सुरक्षा मुद्दाहरू समावेश गर्न सहयोगको दायरा फराकिलो गर्नेसमेत बताएका छन्। 

    दुवै देशको राष्ट्रिय सुरक्षा हितमा असर पर्ने विषयमा भारतले जर्मनीसँगको सहकार्यलाई अझ प्रगाढ बनाउन सक्ने कुरामा जोड दिँदै श्रृङ्लाले सूचनाको नियमित आदानप्रदान, आपसी क्षमता अभिवृद्धि प्रयास, उत्कृष्ट अभ्यासको आदानप्रदान, आपसी सहकार्यमार्फत सहयोगलाई अझ प्रगाढ बनाउन सकिने बताएका छन्। बहुपक्षीय फोरमहरूमा कानुनी सहायता र सहयोग आदानप्रदान गर्नेसमेत उनले बताए। 

    उनले इन्डो–प्यासिफिक भौगोलिक संरचना मात्र नभएर विश्व राजनीति र विश्व अर्थतन्त्रको नयाँ केन्द्रबिन्दु भएको बताउँदै विश्वको ६० प्रतिशत जनसङ्ख्या, विश्वव्यापी आर्थिक उत्पादनको दुई तिहाइ भाग र आधाभन्दा बढी विश्वव्यापी व्यापार यसको सामुद्रिक जलमार्गबाट ​​हुने गरेको उनले बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १ २०७९११:१८:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend