काठमाडौँ- जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने जानकारी दिएको छ ।
लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको जानकारी दिएको हो ।
जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जानकारी दिएको छ । माघ २५ गतेसम्म आवेदन दिन सकिने यस लघुवित्तको आईपीओमा तोकिएको समयसम्ममा प्रयाप्त आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन खुल्ल गरिने कम्पनीले बताएको छ ।
एक सय रुपैयाँ अंकित लघुवित्तको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।