पाकिस्तान- पाकिस्तानमा रहेका हिन्दु मन्दिरहरुमाथि इस्लामिक कट्टरपन्थीहरूले दैनिक जसाे ताेडफाेड गरिरहेका छन् ।
साेही क्रममा पाकिस्तानकाे सिन्धमा रहेकाे हिंगलाज माताकाे मन्दिर पनि इस्लामिक कट्टरपन्थीहरूले ताेडफाेड गरेका हुन् । यस मन्दिरकाे निर्माण तथा सम्बर्द्धन हिन्दु समुदायले आफ्नाे आर्थिक सहयाेगमा गरिरहेका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार विगत २२ महिनामा हिन्दू तीर्थस्थलमा भएको यो ११ औं आक्रमण हो ।
पाकिस्तान हिन्दू मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमा पुगेर सञ्चारमाध्यमसँगको कुराकानीमा इस्लामवादी कट्टरपन्थी पाकिस्तानी सर्वोच्च अदालत र पाकिस्तान सरकारसँग पनि नडराएको बताए ।
उनले भने, 'इमरान खानकाे सरकार नाम मात्रकाे अलपसंख्यक धार्मिक स्थान सुरक्षा दिइरहेकाे छ । वस्तावमा पाकिस्तानमा रहेका अलपसंख्यक हिन्दु समुदायकाे सुरक्षा न त यहाँकाे सरकारले गर्न सकिरहेकाे छ, न त यहाँकाे प्रशासनले, अनि यस्ताेमा हामीहरु कसरी सुरक्षा महशुस गर्ने?'
मन्दिरमाथि भएकाे ताेडफाेड घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्राेशित भएका छन् । त्यस्तै स्थानीय हिन्दू नेताहरूले यस विषयमा विरोध र्याली समेत निकालेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।