आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गोहिर खान प्रकरण : पाकिस्तान अधिकारीले हत्याको सुपारीको भुक्तानी बैंकबाट गरेको खुलासा

गोहिर खान प्रकरण : पाकिस्तान अधिकारीले हत्याको सुपारीको भुक्तानी बैंकबाट गरेको खुलासा

  • मिडिया डबली
  • बिहिवार, माघ १३ २०७८

  • 5.5K
    SHARES

  • गोहिर खान प्रकरण : पाकिस्तान अधिकारीले हत्याको सुपारीको भुक्तानी बैंकबाट गरेको खुलासा

    लन्डन - बेलायतमा रहेका पाकिस्तानी गोहिर खानको सुनुवाइको तेस्रो दिन एक नयाँ रहस्य खुलेको छ। एक नेदरल्यान्डमा रहेका ब्लगर तथा अभियन्ता अहमद वाकस गोरयाको हत्याका लागि पाकिस्तानी अधिकारीहरुले गोहिरलाई बैंकमार्फत भुक्तानी गरिएको खुलेको छ। 

    पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार पाकिस्तनी बैंकमार्फत उक्त हत्याको सुपारीका लागि भुक्तानी गरिएको पाइएको हो। मध्यस्तकर्ता रहेका मुजामिलले ५००० पाउन्ड रकम मुहम्मद अमिन असिफको खातामा जम्मा गरेको खुलेको हो। 

    त्यसैगरी चार हजार ८८८ पाउन्ड रकम छुट्टै हुण्डीमार्फत बेलायत पठाइएको पाइएको हो। यो रकम यात्रा र पीसीआर परीक्षणका लागि भन्दै छुट्टै उपलब्ध गराइएको पाइएको हो। गोरयाको हत्याका लागि मुजामिल, मुड्ज, पापा र मुस नेदरल्याण्ड प्रस्थान गरेको र आफू एक अर्कै व्यक्तिमार्फत उक्त सम्झौतामा संलग्न भएको मोहम्मद खानले बताएका छन्। 

    ती मध्यस्थकर्ताले प्रहरीले पत्ता लगाउन नसक्ने गरी कसरी बैंकबाट त्यो हत्याको सुपारी लिने व्यक्तिसम्म रकम पुर्याउने भन्ने विषयमा थाहा रहेकोले उनीमार्फत उक्त रकम पठाइएको बताइएको छ। ती मध्यस्थकर्ता र आफूले कसरी रकम पठाउने भन्ने विषयमा दिनभरी सोचेको र दोस्रो दिन बैंकमार्फत उक्त रकम पठाएको बताइएको छ। 

    खानले आफू एक सुपरमार्केटमा काम गरिरहेको र एक दिन मुजामिल नाम गरेका ती व्यक्तिले राम्रो रकम उपलब्ध गराउने तर बैंकमार्फत पैसा पठाउन सहयोग गर्नुपर्ने बताएका थिए। पैसा पठाउँदा आफूलाई पनि फाइदा हुने भएकोले संलग्न भएको खानले बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend