काठमाडौं - चर्चित सम्पादक दिपक बिस्ट नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको २०७८ मंसिर १५ गतेको पदाधिकारी बैठकले बिस्टलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद– ७ दफा २० (च) बमोजिम बिस्टलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।
बिस्टले दर्जनौं म्युजिक भिडियोको सम्पादन गरेका छन् । बिस्टसँगै नृत्य निर्देशक तथा निर्माता दिनेश पाख्रिन, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, गायक चन्द्र शर्मा, निर्देशक बाबुराजा केसी, गीतकार कस्तुप पन्त, मोडल सुनिल लामिछाने,गीतकार श्रीकृष्ण बम मल्ल, मोडल बिमल अधिकारिलगायतलाई पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।