काठमाडौं - चर्चित मोडल विमल अधिकारी नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको २०७८ मंसिर १५ गतेको पदाधिकारी बैठकले अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद– ७ दफा २० (च) बमोजिम अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।
अधिकारीले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका छन् । अधिकारीसँगै नृत्य निर्देशक तथा निर्माता दिनेश पाख्रिन, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, गायक चन्द्र शर्मा, निर्देशक बाबुराजा केसी, गीतकार कस्तुप पन्त, मोडल सुनिल लामिछानेलगायतलाई पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।