आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

जनार्दन शर्मा इतिहासकै असफल अर्थमन्त्री, अर्थतन्त्रसम्बन्धी सामान्य ज्ञान नहुँदा बिजोग

जनार्दन शर्मा इतिहासकै असफल अर्थमन्त्री, अर्थतन्त्रसम्बन्धी सामान्य ज्ञान नहुँदा बिजोग

  • मिडिया डबली
  • बुधवार, माघ ५ २०७८

  • 6.1K
    SHARES

  • जनार्दन शर्मा इतिहासकै असफल अर्थमन्त्री, अर्थतन्त्रसम्बन्धी सामान्य ज्ञान नहुँदा बिजोग

    काठमाडौं - अल्पज्ञानम् भयंकरम् भन्ने उक्ति अहिलेका अर्थमन्त्री जनार्दन शर्मामा चरितार्थ भएको छ । जुन मन्त्रालय सम्हालेको हो त्यससँग सामान्य ज्ञान नहुँदा देशको अर्थतन्त्र कसरी डामाडोल हुँदो रहेछ भन्ने गतिलो उदाहरण शर्मा बनेका छन् ।

    दस वर्षसम्म बन्दुक बोकेर कथित जनयुद्ध गरेका शर्माको आर्थिक अवस्था अहिले सगरमाथा पुगेको छ । हिजो सामान्य आर्थिक हैसियत भएका शर्माको अहिले करोडौंको प्रोपर्टी छ । नातागोता सबै हुने खाने ठाउँमा पुगेका छन् ।

    माओवादी केन्द्रमा प्रचण्डको परिवारभन्दा बढी शर्माको परिवार र आफन्तको बाहुल्यता छ । उनी अहिले माओवादीको महासचिव र पछि अध्यक्षको दाबी गर्ने अवस्थामा पुगेका छन् ।

    तर, यिनै शर्माले अर्थ मन्त्रालय सम्हालेपछिको ६ महिनामा देशको आर्थिक अवस्था धराशायी बन्न पुगेको छ । यतिबेला पेट्रोलियम पदार्थ किन्न आयल निगमसँग पैसा छैन । ऋण तिर्न नेपाल वायुसेवा निगमसँग पैसा छैन ।

    सर्वसाधारण जनताचलाई ऋण दिन बैंकसँग पैसा छैन । साना मझौला व्यवसायीसँग व्यवसाय सञ्चालन गर्न पुँजी छैन । पर्यटन व्यवसाय सुचारु गर्न पर्यटक छैन । किसानलाई खेती गर्न रासायनिक मल छैन । बेरोजगारी जनतालाई रोजगारी छैन ।

    वास्तविक व्यवसायीलाई प्रोत्साहन छैन । आफ्नै पैसामा लगानी गर्न खोजेका व्यवसायीलाई राज्यबाटै हतोत्साही गरिएको छ । अहिलेको जस्तो अवस्था नेपालमा यसअघि कहिल्यै पनि देखिएको थिएन । नेपालमा थुप्रै अर्थमन्त्री बनिसकेका छन् । तर, शर्माको जस्तो असफल कोही भएनन् ।

    सबैले केही न केही निर्णय गरेर देशका आर्थिक अवस्था सही दिशामा ल्याउने प्रयत्न गरेका थिए । तर, जनार्दन शर्मासँग विषयबारे ज्ञान नहुँदा अवस्था निकै चिन्ताजनक बनेको उद्योगपति, व्यापारीहरू बताउँछन् ।

    देशको आर्थिक अवस्थामा सुधार ल्याउनुभन्दा शर्मा अहिले कमिसन कहाँबाट आउँछ, आफ्ना नातागोतालाई कहाँ कहाँ नियुक्ति गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend