शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

ओलीले एमाले रौतहटको अध्यक्षमा प्रभु साह पक्षलाई दिएपछि बबन्डर, समानान्तर कमिटीको तयारी

ओलीले एमाले रौतहटको अध्यक्षमा प्रभु साह पक्षलाई दिएपछि बबन्डर, समानान्तर कमिटीको तयारी

  • मिडिया डबली
  • सोमवार, माघ ३ २०७८

  • 5.1K
    SHARES

  • ओलीले एमाले रौतहटको अध्यक्षमा प्रभु साह पक्षलाई दिएपछि बबन्डर, समानान्तर कमिटीको तयारी

    काठमाडौं - एमाले अध्यक्ष केपीओलीले रौतहट जिल्लाको अध्यक्ष पूर्वमाओवादी समूहलाई दिएपछि बबन्डर मच्चिएको छ ।

    माओवादीबाट एमालेमा आएका स्थायी कमिटी सदस्य प्रभु साह पक्षले रौतहटमा एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेपछि बबाल मच्चिएको हो ।

    रौतहटमा माओवादी केन्द्रबाट आएको समूहले एकलौटी जिल्ला कब्जा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।

    एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा एक सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । प्रभुले अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित एक सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएपछि बबाल मच्चिएको हो ।

    गिरी पक्षले ‘अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटीलाई ‘अवैध’ भन्दै अस्वीकार गरेको हो । अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन ।

    गिरीले समानान्तर कमिटी घोषणाको तयारी गरेका छन् । यसअघि नै माधव नेपालले एमाले विभाजन गरेर कमजोर बनेको संगठनमा थप चिरा परेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend