शुक्रवार, माघ १४ २०७८Jan 28 2022

Logo
images
images
images
images
राजनीतिक बिशेष

एमालेको नाममा अर्को खराब रेकर्ड बनेपछि संकटमा ओली

एमालेको नाममा अर्को खराब रेकर्ड बनेपछि संकटमा ओली

  • मिडिया डबली
  • शुक्रवार, पौष ३० २०७८

  • 11.1K
    SHARES

  • एमालेको नाममा अर्को खराब रेकर्ड बनेपछि संकटमा ओली

    काठमाडौं - अहिले देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य कारण एमाले र त्यसका अध्यक्ष केपी ओली नै भएको छर्लंग छ । अघिल्लो निर्वाचनमा माओवादीसँग वाम एकताको नारा लगाएर बहुमत ल्याएपछि ओलीमा अहंकार र अभिमान चुलिएको हो ।

    बहुमत दलको प्रधानमन्त्री बनेपछि साढे तीन वर्षमा ओलीले हुने नहुने सबै काम गरे । राज्यसंयन्त्र आफ्नो मुठ्ठीमा पारे । संसदीय लोकतन्त्रको हुर्मत गरे । राज्यलाई सेटिङमा चलाए ।

    images

    जब आफ्नो कर्तुत जनताले थाहा पाउँदै गए, संविधान विरोधी गतिविधि र संसदीय व्यवस्थाकै हुर्मत लिए तब अन्य दल एक ठाउँमा आए । ओलीकै अहंकार र दम्भले एमाले र माओवादीको एकता खारेज भयो । एमाले विभाजन भयो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो । तर, एमालेले देउवा सरकार बनेदेखि संसद् चल्न दिएको छैन । संसद् चल्न नदिने तर तलबभत्ता चाहिँ काम एमालेका सांसदहरूले गर्दै आएका छन् ।

    यसले एमाले कतिसम्म निर्लज्ज छ भन्ने जनताले देख्न पाएका छन् । ०५२ सालमा एमालेले ५२ दिनसम्म संसद् चल्न नदिएर रेकर्ड राखेको थियो । पार्टीका अध्यक्ष थिए मनमोहन अधिकारी ।

    र, महासचिव थिए माधवकुमार नेपाल । त्यसबेला पनि कांग्रेस नेतृत्वकै सरकार थियो । अहिले एमालेले पहिलेको आफ्नो रेकर्डलाई तोडेको छ । त्यो पनि केपी ओलीले नेतृत्व सम्हालेको बेला । एमालेले संसद् बहिष्कार गरेको झन्डै तीन महिना पुग्न थालेको छ ।

    संघीय संसद्का दुवै सदन मात्र होइन, एमालेले प्रदेश २ बाहेक ६ वटै प्रदेश सभा पनि राम्रोसँग चल्न दिएको छैन । संसदमा सबैभन्दा ठूलो पार्टी हुँदाहुँदै पनि प्रतिपक्षमा बस्नुपरेको पीडा एमालेले पचाउन सकेको छैन ।

    त्यसैले आफ्नो पार्टीको नाममा खराब रेकर्ड थपिँदै जाँदा पनि ओलीमा अझै पनि क्रोध र दम्भ उस्तै छ । उनकै निर्देशनमा सांसदहरूले संसद् बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरुद्ध गर्ने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend