काठमाडौं - गायक यम बरालले विवाह बन्धनमा बाँधिएका छन् । हालै उनले कांग्रेस नेतृ गीता शिवाकोटीसँग लगनगाँठो कसेका हुन् ।
हालै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । कांग्रेसको प्रदेश प्रतिनिधिमा जितेकी उनी ख्याम तिवारीको प्यानलबाट उम्मेदवार बनेकी थिइन् ।
बागबजार बस्दै आएकी उनको माइती दोलखा सुनखानी हो । हाल उनी पुतलीसडकमा कन्सल्टेन्सी चलाउँछिन् । हालै उनले नगरकोटमा आफू निकट साथीसंगीलाई बिहेको पार्टीसमेत दिइसकेको बताइन्छ ।
एक टेलिभिजन कार्यक्रममा यम र गीताबीचको बिहेको तस्बिर सार्वजनिक भएपछि मात्र यो कुरा बाहिर आएको हो । यम र गीताले मंसिरमा विवाह गरे पनि यसबारे केही बताएका छैनन् ।
गायक बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्ध विच्छेद गरेका थिए ।







मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।