आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपतिबाटै कोरोनाको प्रोटोकल उल्लंघन

राष्ट्रपतिबाटै कोरोनाको प्रोटोकल उल्लंघन

  • मिडिया डबली
  • मंगलवार, पौष २७ २०७८

  • 4.6K
    SHARES

  • राष्ट्रपतिबाटै कोरोनाको प्रोटोकल उल्लंघन

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीका अवसरमा मंगलबार सिंहदरबार मूलगेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।

    सेनाको विशेष टुकुडीसहित उनले माल्यार्पण गरेकी हुन् । सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा नदिए पनि आज देशभर पृथ्वी जयन्ती विशेष रूपले मनाइएको छ ।

    यही क्रममा राष्ट्रपति भण्डारी दलबदलसहित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने सर्कुलर जारी गरेको छ ।

    तर, पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ना जाँदा सयौंको उपस्थिति थियो । यसले सरकारले नै जारी गरेको मापदण्डको खिल्ली उडाएको प्रस्ट हुन्छ ।

    आजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि सिंहदरबार अगाडि जाँदैछन् । उनी जाँदा सयौंको संख्यामा उनका समर्थक जाने निश्चित छ । सरकारले कोभिड रोकथामका लागि भेला हुन प्रतिबन्ध लगाए पनि राज्य र नागरिकस्तरबाटै त्यसको उल्लंघन हुँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend