शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कोरोना संक्रमण फैलाउन भीड जम्मा गर्दै केपी ओली

कोरोना संक्रमण फैलाउन भीड जम्मा गर्दै केपी ओली

  • मिडिया डबली
  • आइतवार, पौष २५ २०७८

  • 4.2K
    SHARES

  • कोरोना संक्रमण फैलाउन भीड जम्मा गर्दै केपी ओली

    काठमाडौं - माओवादी केन्द्रको महाधिवेशनस्थल कोरोना भाइरसको हटस्पट बनेपछि अहिले धेरै नेता कन्ट्याक ट्रेसिङमा परेका छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सो पार्टीका दर्जनौं शीर्ष नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत शुक्रबार प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए ।

    बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध पाँचै दलका शीर्ष नेताहरु सहभागी भएका थिए । बैठकमा प्रचण्डसहित प्रधानमन्त्री देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरु बसेका थिए ।

    प्रचण्डसहितको बैठकमा बसेका प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका थिए । संसद्को अवरोध हटाउनेबारे ओलीलाई मनाउन देउवाले नै पहल गर्नुपर्ने गठबन्धन बैठकको सुझावपछि ओलीलाई भेट्न देउवा बालकोट पुगे ।

    तर, प्रचण्डलाई कोरोना संक्रमण भएको थाहा पाएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका छन् । गठबन्धन बैठकमा सहभागी अन्य नेताहरु आइसोलेसनमा छन् ।

    तर, देउवासँग भेटेपछि कन्ट्याक्ट ट्रेसिङमा परेका ओली भने आइसोलेसनमा बसेका छैनन् । बरु, उनी अहिले गृहजिल्ला झापामा छन् । झापामा उनले आइतबार सयौं मान्छेको भीड जम्मा गरे ।

    उनी झापाबाट संखुवासभा जाने कार्यक्रम छ । देशमा कोरोनाको तेस्रो महामारी फैलिरहँदा भने ओली आफूलाई कोरोनाले नछुने भन्दै भीड जम्मा पार्न जिल्ला दौडाहमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend