काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आसन्न राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गरेका छन् ।
जिल्ला अधिवेशनको शुक्रबारभर्चुअल माध्यममार्फत संयुक्त रुपमा उद्घाटन गर्दै ओलीले प्रतिकूल परिणाम आए पनि आत्तिन भने जरुरी नरहेको बताए ।
ओलीले राष्ट्रियसभाको सम्भावित परिणाम आंकलन गर्दै त्यसले आजको जनमत र यथार्थलाई प्रतिविम्बित नगर्ने पनि बताए । पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरुले प्रतिस्पर्धा गरिरहेको ओलीको भनाइ छ ।
‘साढे चार वर्षअघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर,विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं । अहिले त्यसैलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनाइएको छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।