आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्व खेलाडी शक्ति गौचनले जिल्ला क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

पूर्व खेलाडी शक्ति गौचनले जिल्ला क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

  • मिडिया डबली
  • शुक्रवार, पौष २३ २०७८

  • 6.1K
    SHARES

  • पूर्व खेलाडी शक्ति गौचनले जिल्ला क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचनले जिल्ला क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    शक्तिले सामाजिक संजालमार्फत सम्वोधन गर्र्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्थानीय शक्तिले जिल्लालाई क्रिकेटमा उत्कृष्ट जिल्ला बनाउने लक्ष्य लिएको बताएका छन् ।

    उनले भनेका छन्, ‘क्रिकेट खेल र खेलाडीको निमित्त नयाँ सोच, नयाँ भिजनका साथ रुपन्देहीलाई क्रिकेटमा उत्कृष्ट बनाउने लक्ष्य लिएर रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिंदैछु ।’ भैरहवामा एकेडेमीसमेत चलाएका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेटमा शक्तिले कतिपय खेलमा महत्वपूर्ण भूमिका निभाउँदै टिमलाई जिताएका थिए । सन् २००१ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा (यू–१७) खेलेका शक्तिले सन् २०१८ मा संन्यास लिएका थिए । शक्तिको हाँसो जादूमय छ । कुनै समय हालका कप्तान सन्दीप लामिछानेले शक्तिबारे भनेका थिए, ‘उनले हाँसोबाटै सबैलाई मार्न सक्छन् । नामले पनि शक्ति द पावर ।’

    प्रशासनमा हात हाल्ने इच्छा राखेका शक्तिको हाँसोको जादू चल्यो भने साँच्चै रुपन्देही उत्कृष्ट जिल्ला बन्न बेर छैन । उनी आफ्नो खेल करियरमा सायदै कसैसँग रिसाए ।

    अग्ला कदका उनको मनको छाती पनि फराकिलो नै भएको उनका साथीहरु चर्चा गर्ने गर्छन् । नेपाली क्रिकेट बुझेका उनले जिल्ला हाँक्न सक्ने ल्याकत राख्छन् । रुपन्देही जिल्लाको निर्वाचन आगामी माघ ५ गते हुँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २३ २०७८०३:०२:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend