आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायक दुर्गेश थापा भए ट्रोलको सिकार, सामाजिक सन्जालमा भाइरल

गायक दुर्गेश थापा भए ट्रोलको सिकार, सामाजिक सन्जालमा भाइरल

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 5.4K
    SHARES

  • गायक दुर्गेश थापा भए ट्रोलको सिकार, सामाजिक सन्जालमा भाइरल

    काठमाडौं - गायकको गीत मिलान नसक्दा गायक दुर्गेश थापा अहिले ट्रोलको सिकार भएका छन् ।

    प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिने क्रममा गाएको गीतका कारण उनी आलोचित भइरहेका छन् ।

    पत्रकार धमलाले स्वरसम्राट नारायण गोपालको गीत गाउँनुस् भन्दा दुर्गेशले भजनशिरोमणि भक्तराज आचार्य र यम बरालको भन्दा रामकृष्ण ढकालको गीत गाएपछि ट्रोलको सिकार बनेका हुन् ।

    धमलाले ‘स्वर सम्राट नारायण गोपालको गीत गाउनुस्’ भनेपछि दुर्गेशले ‘उहाँको गीत म धेरै सुन्छु’ भन्दै भक्तराजको स्वर रहेको गीत ‘मुटु जलिरहेछ’ गाउँछन्।

    बीचका केही कुराकानी भएपछि फेरि पत्रकार धमलाले यम बरालको गीत गाउन गरेको आग्रहलाई स्वीकार्दै दुर्गेशले रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाउँछन्।

    यसरी अग्रज गायकले गाएको गीतबारे जानकारी नभई गाउँदा दुर्गेश अहिले विवादमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २५ २०८००३:५०:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend