काठमाडौँ- प्रदेश नं २ को पूर्ण सुविधायुक्त जानकी मेडिकल कलेजमा विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नं २ को स्वास्थ्य क्षेत्रका सम्पूर्ण चुनौतीहरू मेटाउने उद्देश्यका साथ जानकी मेडिकल कलेज स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आउँदा दिनहरूमा दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको संस्था हो ।
नेपालको लागि इजरायली राजदूत सम्माननीय हनन गोर्डर गोल्डबर्गरको प्रमुख आतिथ्यमा आयोजना भएको यो कार्यक्रम नेपाल र इजरायलको सुदृढ द्विपक्षीय सम्बन्धको एउटा उदाहरण पनि हो ।
यस अभिमुखीकरण कार्यक्रममा जानकी मेडिकल कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीहरू बीच प्रविधि र संकाय सम्बन्धी ज्ञान आदान प्रदान समेत भएको छ ।
कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आवश्यक विषयहरूमा ल्याउन सकिने नयाँ प्रयोगको बारेमा चर्चा गरेका थिए ।
त्यसबाहेक, डाक्टर राम प्रसाद उप्रेतीले लेख्नुभएको प्राथमिक उपचार सम्बन्धी किताब पनि उक्त कार्यक्रममा राजदूत हनन गोर्डरको हातबाट विमोचन गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूको हौसला बढाउन राजदूत गोल्डबर्गरका अलावा सीडीओ बन्धु प्रसाद बाँस्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रसाद पाण्डे र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक डा राम प्रसाद उप्रेतीको समेत उपस्थिति रहको थियो ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।