आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज सार्वजनिक बिदा (सूचनासहित)

आज सार्वजनिक बिदा (सूचनासहित)

  • मिडिया डबली
  • मंगलवार, पौष ६ २०७८

  • 3.6K
    SHARES

  • आज सार्वजनिक बिदा (सूचनासहित)

    काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधनप्रति दुःख व्यक्त गर्दै डडेल्धुराको अमरगढी नगरपालिकाले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । 

    जिसस प्रमुख भट्टको सोमवार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका भट्ट जिसस प्रमुखमा विजयी भएका थिए ।

    अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर ओझाले सोमबार शोक वक्तव्य जारी गर्दै भट्टको निधनबाट अमरगढी नगरपालिकालाई ठूलो क्षति भएको जनाएका छन् ।

    शोक वक्तव्यमा उल्लेख छ, ‘जिल्ला समन्वय समितिको प्रमुखका रूपमा रही उहाँले गर्नुभएको अभिभावकीय र समन्वयकारी भूमिका सदा स्मरणीय छ ।’

    मंसिर अन्तिम हप्ता मस्तिष्कघातको समस्या देखिएपछि भट्टलाई उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो हस्पिटलमा राखिएको थियो ।

    यस्तो छ बिदाबारे उल्लेख भएको वक्तव्य –

    amar.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend