काठमाडौँ- गायक अर्जुन सापकोटा, लक्षमी खड्का र राजु पन्थीको नयाँ गीत 'दुई दुना चार...' बजारमा सार्वजनिक भएको छ।
गीतमा उत्कृष्ट शब्द चर्चित सर्जक नेत्र अर्यालले गरेका छन् । माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ।
यस्तै संगीत महेन्द्र भण्डारीले गरेका छन् । गीतमा रबिना भण्डारी, सन्तोस मगराती, अनुसा थापा, तेजेन्द्र गौतम र किरिसिका परियारको अभिनय देख्न सकिन्छ।
गीतको भिडियोलाइ प्रेम थापाले निर्देशन गरेका छन् भने भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका छन्। उक्त गीतको भिडियोलाई मेशना म्युजिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।