काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मतगणनाको ताजा परिणाम हेर्दा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार ईन्द्रबहादुर बानियाँ अगाडि देखिएका छन् ।
हालसम्म १६१३ मत गणना भएकोमा ईन्द्रबहादुर बानियाँले ८६२ र अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ७३७ मत पाएका छन् ।
बानियाँ १२५ भन्दा बढी मतले केसीभन्दा अगाडि पुगेका छन् । पहिलो चरणको चुनावमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव भएको हो ।
मतगणना हेर्दा बानियाँ नै प्रदेश सभापति बन्ने विश्लेषण गर्न सकिने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।