काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश सभापतिका लागि भएको निर्वाचनको ताजा मतपरिणामअनुसार उम्मेदवार ईन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।
हालसम्म १००७ मत गणना हुँदा बानियाँ निरन्तर अग्रता लिइरहेका छन् ।
उम्मेदवार बानियाँले ५२६ मत ल्याउँदा अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसी ४७० मतमै सीमित भएका छन् ।
यसअघि पहिलो चरणको चुनावमा तेस्रो भएका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेकाले उनको जीत लगभग निश्चितजस्तै रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।