काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश सभापति पदमा ईन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।
आईतबार भएको दोस्रो चरणको चुनावको मतगणना जारी रहँदा प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीलाई पछि पार्दै बानियाँ अगाडि आएका छन् ।
ताजा मतपरिणाम अनुसार बानियाँले ३६२ मत ल्याउँदा केसी ३३५ मतमै सीमित रहेका छन् । केसीभन्दा बानियाँ २७ मत अगाडि रहेका छन् ।
दोस्रो चरणको चुनावमा तेस्रो नम्बरमा रहेका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेकाले उनको जित्ने सम्भावना प्रबल रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।