काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश कार्यसमिति चयन गर्न भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सभापति पदमा ४०० मतगणना हुँदा जगदीश्वर नरसिंह केसीले अग्रता लिएका छन् । केसीले २१६ मत पाउँदा ईन्द्र बानियाँले १८२ मत पाएका जनाइएको छ ।
यसअघि १०० मत गणना हुँदा केसी पछाडि परेका थिए तर अहिले काठमाडौंको मतगणना भइरहेकाले केसीले अग्रता बनाएको स्रोतको दाबी छ ।
हिजो शनिवार भएको त्रिपक्षीय भिडन्तमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि केसी र बानियाँबीच प्रदेश सभापति पदमा आईतबार पुनः मतदान भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।