हङकङ - चिनियाँ राष्ट्रपति सी जिनपिङलाई थप शक्तिशाली बनाउने कुराले चीनलाई नै विनाशको बाटोमा लैजाने टिप्पणीहरु भइरहेका छन्। सीको शक्तिशाली प्रवृतिले चीनको विदेश नीति र आर्थिक समृद्धिलाई पनि विनाशको बाटोमा लैजाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको छैटौ प्लेनम सत्रबाट सीसीपीेले मुख्य उपलब्धी र ऐतिहासिक अनुभवहरु शीर्षकमा नयाँ ऐतिहासिक प्रस्ताव पारित गरेसँगै सी अहिलेसम्मकै शक्तिशाली नेता बनेका छन्। यससँगै सीका लागि तेस्रो पटक राष्ट्रपति हुने बाटो पनि मात्र खुलेको छैन कि उनलाई जीवभर शासन सत्ता सञ्चालन गर्ने अधिकार पनि प्राप्त भएको छ।
चीनले विस्तारै आफ्नो सैन्य शक्तिलाई विस्तार गर्दै लगेको छ भने पश्चिमा मुलुकहरुसँगको दूरीलाई पनि बढाएको छ। यसले आगामी दिनमो आयने चिनियाँ नेता र नागरिकहरुले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।
दक्षिणी चिनियाँ समुद्रको मुद्दादेखि व्यापार युद्ध–प्रतिबन्ध, ताइवान, हङकङ र सिन्जियाङका मुद्दामा भएका अमेरिकी र उसका गठबन्धनका हस्तक्षेपहरु पनि चीनमाथि बढद्ै गएका छन्। दोक्लमदेखि गल्वान उपत्यकासम्ममा भएका चीन र भारतबीचका टकराव र आमनेसामनेलाई समेत चीनले सामना गर्नुपर्ने अवस्था रहेको छ।
त्यसो त भारत–चीनबीच प्रतिस्पर्धा, समन्वय र शत्रुताको स्वाभाविक र सहज सम्बन्ध पनि छ। यदि यो शताब्दीलाई एसियाली शताब्दी मान्ने हो भने चीन र भारतको सहकार्य र मित्रताबाट मात्र त्यो सम्भव छ । तर, सर्वशक्तिमान भन्ने चाहना बोकेका सीले भने त्यसलाई अघि बढाउने कुनै संकेत देखाएका छैनन्। उल्टै उनले विभिन्न मुलुकहरुसँग दूरी बढाउँदै लगिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।