शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

चितवन गएर केपी ओलीले के पाए, के गुमाए ?

चितवन गएर केपी ओलीले के पाए, के गुमाए ?

  • मिडिया डबली
  • बुधवार, मंसिर १५ २०७८

  • 4.9K
    SHARES

  • चितवन गएर केपी ओलीले के पाए, के गुमाए ?

    काठमाडौं - सबैले रोजेको अध्यक्ष बन्ने चाहना पूरा नभए पनि एमालेमा थप शक्तिशाली बनेर केपी ओली नेतृत्वमा दोहोरिएका छन् ।

    तर महाधिवेशनमा प्रतिस्पर्धाको बाटो छलेर सहमतिको नाममा उनले जे जस्ता कदम चाले, त्यसले पार्टीभित्रको आन्तरिक व्यवस्थापन जटिल बन्दै जाने र नयाँ गुट–उपगुट जन्मिने संकेत देखाएको छ ।

    एकताको महाधिवेशन भनिए पनि एमालेको १०औं महाधिवेशनले सबै विचार समूहका नेताहरुलाई समेट्न सकेन । महाधिवेशन प्रतिनिधि छनोटदेखि नयाँ नेतृत्व चयनसम्म ओलीको एकलौटी चल्यो ।

    यसले ओलीको मनोमानी नमान्ने नेताकार्यकर्ताहरु यति पेलिए कि प्रतिस्पर्धामा समेत आउन सकेनन् ।महाधिवेशनको उद्घाटनदेखि बन्दसत्रसम्म ओलीबाहेक अरु कोही छैनन् र हैनन् भन्ने पुष्टि गर्न अनेक प्रयत्न गरे । नेतृत्वका आकांक्षीले नै चुनाव लड्न पाउँ भनेर विन्ती विसाउने स्थिति भयो । चुनावी तालिका ओली अनुकूल हेरफेर भइरह्यो । त्यसले ओलीको टिके प्रथा चिर्दै प्रतिस्पर्धाबाट उम्मेदवार बनेकालाई निकै क्षति पुग्यो । 

    सबैभन्दा बढी मत ल्याएर नवौं महाधिवेशनमा उपाध्यक्ष बनेका भीम रावल र उपमहासचिव घनश्याम भुसाल दशौं महाधिवेशनमा अध्यक्ष र उपाध्यक्षमा पराजित भए । उनीहरू उम्मेद्वार बन्नबाट समेत झन्डै वञ्चित भएका थिए । अब एमालेभित्र टिक्न दश बुँदे पक्षधरहरू ४६ केन्द्रीय सदस्यमध्ये केही नेताहरुले थप संघर्ष गर्नुपर्ने अवस्था सृजना भएको छ । 

    ओली समूहभित्रैका नेताद्वय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच पनि वरिष्ठ उपाध्यक्षमा रस्साकसी चल्यो । आफूभन्दा कनिष्ट शंकर पोखरेललाई महासचिव बनाएर आफूलाई उपाध्यक्षमा खुम्च्याएकोमा विष्णु पौडेल असन्तुष्ट बनेका छन् । संस्थापनमा रहेर पद नपाएकोमा अन्य नेताहरूले पनि चित्त दुखाएका छन् ।

    आगामी दिनमा संस्थापन समूहभित्रै दुई गुटले मूर्त रूप लिन सक्ने देखिन्छ । माओवादी केन्द्रबाट आएकालाई धेरै महत्व दिएकामा एमालेमा असन्तुष्टि देखिइसकेको छ । चितवन जानुअघिसम्म ओलीको जुन हाईहाई थियो, त्यो महाधिवेशन सकिएपछि तीव्र ओरालो लागेको छ । पार्टीमा जतिसुकै शक्तिशाली देखिए पनि आमजनताको नजरमा ओली भने गिर्दै गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend