काठमाडौं – नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।
बुधवार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्यहरू, सांसदहरु, मन्त्रीहरु, जिल्ला सभापतिहरुको उपस्थितिमा नेता बानियाँले उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेस बाग्मती संसदीय दलका नेता समेत रहेका बानियाँ मकवानपुर कांग्रेसका सभापति पनि हुन् । उनी पूर्व गृहराज्यमन्त्री समेत हुन् ।
बानियाँले पार्टी सभापति शेरबहादुर देउवाको पक्षबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको बाग्मती प्रदेश सभापतिमा संस्थापन पक्षबाटै नेता मोहनबहादुर बस्नेतले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।