काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको कृपाले पूर्व माओवादी खेमाका ३ नेताले पदाधिकारी पद पाएका छन् ।
नेकपा विभाजन हुँदा माओवादीमा नगई एमालेतिर लागेका नेताहरूमध्ये उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’ र सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्टलाई ओलीले प्रस्ताव गरेका छन् ।
एमालेका पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने अधिकार पाएका अध्यक्षमण्डलका अध्यक्ष ओलीबाट सोमबार बिहान साढे ३ बजे पदाधिकारीमा प्रस्ताव गरिएको छ ।
ओलीले आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारी बन्दसत्रमा घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई ल्याएका छन् ।
एमालेको वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले समेत दाबी गरेका थिए । ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेललाई बनाएका छन् ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई बनाइएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल रहेका छन् ।
यसअघिको कार्यसमितिमा पदाधिकारी रहेका घनश्याम भुसाल र भीम आचार्य ओलीको टीमबाट हटाइएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।