शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

एमाले पदाधिकारीको टुंगो : ओलीको रोजाइमा पर्दै यी २ बने वरिष्ठ उपाध्यक्ष र महासचिव (नामसहित)

एमाले पदाधिकारीको टुंगो : ओलीको रोजाइमा पर्दै यी २ बने वरिष्ठ उपाध्यक्ष र महासचिव (नामसहित)

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 10.5K
    SHARES

  • एमाले पदाधिकारीको टुंगो : ओलीको रोजाइमा पर्दै यी २ बने वरिष्ठ उपाध्यक्ष र महासचिव (नामसहित)

    काठमाडौं – बिहानदेखिको विवाद र छलफलपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नाम टुंगो लगाएका छन् ।

    अध्यक्ष ओलीनिकट उच्च स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा क्रमशः ईश्वर पोखरेल र शंकर पोखरेल ओलीको रोजाइमा परेका छन् ।

    वरिष्ठमा सुवासचन्द्र नेम्वाङ र महासचिवमा विष्णु पौडेलले दाबी गरेका थिए ।

    शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई सर्वसम्मत पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । अब ओलीले यी २ नाम बन्दसत्रको हलमा प्रस्तुत गर्ने स्रोतले जनाएको छ ।

    ओलीले बाँकी पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको नाम टुंगो लगाएका छन् । ओलीको हातमा रहेको अन्तिम सूची केहीबेरपछि बन्दसत्र हलमा पेश गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend