काठमाडौं - एमालेमा फेरि पनि केपी ओलीलाई अध्यक्ष बनाउन महाधिवेशनको प्रपञ्च गरिएको तथ्य खुलेको छ । लाखौंको भीड जुटाएर, करोडौं रुपैयाँ खर्च गरेर एमालेले पुनः ओलीलाई नै सर्वाधिकार दिएको छ ।
सोही कारण ओली अहिले पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउन व्यस्त छन् । महाधिवेशनको तेस्रो दिनसम्म आइपुग्दा ओलीलाई उपाध्यक्ष भीम रावल र नेता घनश्याम भुसालले सिधा टक्कर दिएका छन् ।
आ–आफ्ना मान्छे राखेर सर्वसम्मतका नाममा पेल्न खोजेपछि रावल र भुसालले उम्मेदवारी घोषणा गरेका छन् । जसअनुसार रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
तर, ओली पक्षले ध्वनि मतसहित केन्द्र्रीय कमिटीको घोषणा गर्ने तयारीमा जुटेको छ । ओली बसेको सफारी रिसोर्ट अहिले निकै व्यस्त छ । त्यहाँ ओली गुटका नेता मात्रै लाइनमा लागेका छन् ।
ओलीसँग फरक आस्था राख्नेलाई सफारी रिसोर्टमा ठाउँ छैन । ओलीले शनिबार राति र आइतबार बिहानदेखि आफू निकट महाधिवेशन प्रतिनिधिलाई भेटी रहेका छन् । भेट्न आउने प्रतिनिधि, पदका आकांक्षीले कुरा राख्छन् ।
ओलीले सुन्छन्, तर कुनै प्रतिक्रिया जनाउँदैनन् । अलि कडा ढंगले बोलौं भने पछि लिस्टमा नपरिएला कि भन्ने डर धेरैमा देखिएको छ । स्रोतका अनुसार रावल, भुसालसहित फरक धारका नेतालाई केन्द्रीय कमिटीमा नराख्न ओलीमाथि दबाब बढेको छ ।
यदि उनीहरूका कुरा ओलीले सुने भने पदाधिकारीका धेरै आकांक्षी सोत्तर हुने अवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।