काठमाडौं – कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट भयंकर फैलिएपछि अमेरिकामा ४५ दिन लामो संकटकाल घोषणा गरिएको छ ।
अमेरिकाको न्युयोर्कका गभर्नर काथी होचुलले आफ्नो क्षेत्रभरि संकटकाल लागू गरिएको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसको महामारी बढ्दै गएको र कोरोना भाइरसको नयाँ भेरियन्ट खतरनाक भएको लगायत कारणले संकटकाल लगाउनुपरेको गभर्नर काथीले जनाएका छन् ।
उनले भनेका छन्, ‘पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेहरूको संख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो ।’
घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ जनवरी १५ सम्म लागू हुने र महामारी नियन्त्रण नभए लम्बिन सक्ने चेतावनी समेत दिइएको छ ।
नयाँ भेरियन्ट फैलिएपछि बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकलाई समेत विदेशबाट आउने यात्रुहरूको प्रवेशमा कडाइ गर्न सुझाव दिइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।