शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

चीनले ओलीलाई दिएन महत्व, शुभकामना दिन कोही आएनन्

चीनले ओलीलाई दिएन महत्व, शुभकामना दिन कोही आएनन्

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 4.3K
    SHARES

  • चीनले ओलीलाई दिएन महत्व, शुभकामना दिन कोही आएनन्

    काठमाडौं - हिजोसम्म एमाले अध्यक्ष केपी ओली चीनको गुणगान गाएर थाक्दैनथे । चीनले नेपालको विकासमा कायापलट नै गरिदिने ओलीको दाबी थियो ।

    साढे तीन वर्ष सरकार चलाउने बेलासम्म ओलीले चीनको भूमिका सकारात्मक नपाएपछि उनी विस्तारै टाढिँदै गए । नेकपा हुँदा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्यसमेत गर्ने भन्दै भेला नै गरेका थिए ।

    दुवै देशका कम्युनिस्ट पार्टीबीच प्रशिक्षण चलाएका थिए । तर, अहिले एमाले चिनियाँ कम्युनिस्ट पार्टीसँग टाढिँदै गएको संकेत १०औं महािधवेशनले देखाएको छ ।

    एमालेको महाधिवेशनलाई शुभकामना दिन चीनबाट कोही पनि प्रतिनिधि आएनन् । बरु भारत, श्रीलंका, बंगलादेशबाट प्रतिनिधि आए । चिनियाँ कम्युनिस्ट पार्टीले भिडियो सन्देश पठाउने बताइए पनि महाधिवेशनको उदघाटन सत्रमा त्यसबारे अहिलेसम्म केही बताइएको छैन ।

    ओली पछिल्लो समय हिन्दुवादी बन्दै गएकाले चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकार ओलीसँग असन्तुष्ट भएको स्र्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend