काठमाडौं - सभापतिमा उम्मेदबारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
मोरङ क्षेत्र नम्वर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा लज्जास्पद रुपमा पराजित भएका छन् । उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् ।
कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् । आज विहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औ नम्वरमा पुगेर पराजित भएका हुन् ।
आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजित भएपछि शेखरलाई ठूलो घाटा भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।