सोमवार, मंसिर २० २०७८Dec 06 2021

Logo
images
images
images
राजनीतिक बिशेष

कक्षा दोहोर्‍याउँदिनँ भन्ने ओली फेरि अध्यक्षमा उठ्दै

कक्षा दोहोर्‍याउँदिनँ भन्ने ओली फेरि अध्यक्षमा उठ्दै

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 1.3K
    SHARES

  • कक्षा दोहोर्‍याउँदिनँ भन्ने ओली फेरि अध्यक्षमा उठ्दै

    काठमाडौं - राजनीतिमा बोली र इमानको धेरै महत्व हुन्छ । नेताले आफूले बोल्नुभन्दा अघि धेरैपटक सोच्नुपर्ने हुन्छ । तर, एमाले अध्यक्ष केपी ओली भने बोलीको कुनै ठेगान नभएका नेपाली नेतामा पर्छन् ।

    केही समयअघि उनले भनेका थिए– केपी ओली कहिल्यै एउटै कक्षामा दोहोरिँदैन । अर्थात् अघिल्लो कक्षामा पढ्छ । तर, अहिले तिनै ओली एउटै कक्षामा दोहोरिने तयारीमा छन् ।

    images

    अर्थात् फेरि पनि उनले एमालेको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनले सर्वसम्मतका नाममा देशव्यापी रूपमा एकलौटी महाधिवेशन प्रतिनिधि चयन गरेका छन् ।

    यदि एमालेको १०औं महाधिवेशनमा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरेको भए ओलीलाई निकै भारी पर्ने थियो । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका नेता कार्यकर्ता एमालेमै बस्ने अवस्था हुन्थ्यो ।

    तर, ओलीले त्यो सबै सम्भावनालाई ढोका लगाइदिए । आफू फेरि अध्यक्ष बन्न भिडियोमार्फत नै सर्कुलर गरेर सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गर्न लगाए ।

    जसले गर्दा चितवनबाट फर्केपछि एमालेमा देखिएको भुसको आगो सतहमै प्रकट हुने नेताहरूले अनुमान गरेका छन् । त्यसको संकेत भीम रावल, घनश्याम भुसाललगायतले दिइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend