काठमाडौं – बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुर खेलकुदको उर्वर भूमि रहेको उद्घोष गरेका छन् ।
लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देवनगर टोल विकास हेटौंडा–८ कमानेको संयुक्त आयोजनामा भएको स्व. चित्रकुमारी गुरुङको स्मृति जारी सेभेन ए साइड फूटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले मकवानपुरबाट धेरै युवा देशभित्र र बाहिर भएका विभिन्न खेलकुद प्रतियोगितामा प्रतिनिधित्व गर्दै पदक प्राप्त गर्न सफल रहेका बताए ।
‘मकवानपुर खेलकुदको उर्वर भूमि हो,’ उनले भने । उनले कांग्रेस सधै खेलप्रेमीलाई माया गर्ने पार्टी भएको भन्दै खेलकुद मानिसको दैनिक जीवनमा अपरिहार्य रहेको बताएका छन् ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।