आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महामन्त्री खड्काको गृहजिल्लामा पौडेल समुहको पत्तासाफ, प्यानल नै निर्वाचित

महामन्त्री खड्काको गृहजिल्लामा पौडेल समुहको पत्तासाफ, प्यानल नै निर्वाचित

  • मिडिया डबली
  • बुधवार, मंसिर ८ २०७८

  • 7.4K
    SHARES

  • महामन्त्री खड्काको गृहजिल्लामा पौडेल समुहको पत्तासाफ,  प्यानल नै निर्वाचित

    सुर्खेत - नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट प्यानल नै निर्वाचित भएको छ ।

    महामन्त्री खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने क्षेत्र नं. १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका हुन्।

    सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै ल्याएका थिए ।

    यस्तै सचिवमा संस्थापन समूहका मोहन राना (७२०) र पदमबहादुर खत्री (७१७) मत ल्याएर विजयी भएका छन् भने सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी (६८४) र यामलाल पंगाली (६८७) मत ल्याएर विजयी भएका छन्।

    प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूर्णप्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् भने प्रत्यक्षतर्फको महिला सदस्यमा भद्राकुमारी योगी विजयी भएकी छिन्।

    खसआर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् । यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत निर्वाचित भएका छन् ।

    महामन्त्री खड्काले ७३६ मत ल्याएका छन् । कांग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि महामन्त्री रहेका खड्काले मंगलबार महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १९ २०७८०७:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend