आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सर्वाधिक मत ल्याएर जित्दा पनि ईन्द्र बानियाँले किन लगाएनन् माला ? कांग्रेसभित्र तरङ्ग

सर्वाधिक मत ल्याएर जित्दा पनि ईन्द्र बानियाँले किन लगाएनन् माला ? कांग्रेसभित्र तरङ्ग

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 8.2K
    SHARES

  • सर्वाधिक मत ल्याएर जित्दा पनि ईन्द्र बानियाँले किन लगाएनन् माला ? कांग्रेसभित्र तरङ्ग

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा मकवानपुर जिल्लाका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले महाधिवेशन प्रतिनिधि पदमा सर्वाधिक मतसहित विजयी भए तर उनले माला लगाउन अस्वीकार गरे ।

    सभापति बानियाँले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ र २ को अधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने कांग्रेसका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, निर्वाचन समिति, सुरक्षा निकायका अधिकारी, पत्रकारलगायत लगायतप्रति आभार व्यक्त गरेका छन् ।

    बानियाँले सबै क्षेत्रमा सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन गरिएको स्पष्ट पारे ।

    ‘सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको हो तर कतै सहमति भयो, कतै निर्वाचन गर्नुपर्‍यो । कांग्रेस लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो, लोकतन्त्रमा बहुमतको जीत हुन्छ भने अल्पमतको सम्मान हुन्छ,’ सभापति बानियाँले भने, ‘कुन प्यानलले जित्यो, कता पट्टिकाले जित्यो भनेर अब तनाव लिएर नबसौं । यहाँ जसले जीते पनि कांग्रेसले जितेको हो, अन्य कुनै दलले आएर जितेको होइन । निर्वाचित हुन नसक्नेले अझै मेहनत गरौं । जनताको विश्वास जित्ने काम अझै बढी गरौं । एकदिन सफल भइन्छ ।’

    सभापति बानियाँले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुरको २ वटै प्रतिनिधिसभा र ४ वटै प्रदेश सभामा कांग्रेसको उम्मेदवार जिताएको दिन आफ्नो चाहना पूरा हुने बताएका छन् ।

    सभापति बानियाँले भने, ‘कोही पनि निराश हुन जरुरी छैन । मैले पनि माला लगाएको छैन, म प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिट जितेको दिन मात्रै माला लगाउँछु । त्यसदिन मात्रै मेरो लक्ष्य पूरा हुनेछ ।’

    सभापति बानियाँले कांग्रेस पार्टीभित्र तरङ्ग ल्याउने तर्क गर्दै माला लगाउन अस्वीकार गरेका छन् । पार्टीको आन्तरिक चुनावमा जितेर कतिपयले खुसीयाली मनाइरहेका बेला सभापति बानियाँले आमचुनाव जितेर मात्रै माला लगाउने घोषणा गरेका छन् ।

    सभापति बानियाँले निर्वाचित सबैलाई प्रमाणपत्र समेत वितरण गरेका छन् । अधिवेशनबाट २ वटै क्षेत्रमा १ जना सभापति, २ सचिव, २ सहसचिव तथा २५/२५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend