आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रमेश लेखकको गुटमा लाग्दा कांग्रेस जिल्ला सभापतिको हार, फेरि सभापति बन्ने सपना तुहियो !

रमेश लेखकको गुटमा लाग्दा कांग्रेस जिल्ला सभापतिको हार, फेरि सभापति बन्ने सपना तुहियो !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 7.7K
    SHARES

  • रमेश लेखकको गुटमा लाग्दा कांग्रेस जिल्ला सभापतिको हार, फेरि सभापति बन्ने सपना तुहियो !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हिजो सोमवार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनको मतपरिणाम आज मंगलबार सार्वजनिक हुँदा कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहरा चुनावमा पराजित भएका छन् ।

    कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ १० जनाका लागि भएको चुनावमा सभापति बोहरा ११ औं नम्बरमा परेपछि निर्वाचन हारेका हुन् ।

    महाधिवेशन प्रतिनिधि पदमा पूर्व मन्त्री एनपी साउँद पक्षीय नेताहरू विजयी भएका छन् । बोहरा पूर्व मन्त्री रमेश लेखक पक्षमा लागेका छन् ।

    लेखक पक्षबाट पुनः जिल्ला सभापति हुने सपना देखेका बोहरा महाधिवेशन प्रतिनिधिमै हारेपछि उनको सपना तुहिएको छ ।

    सभापति बोहरा आगामी जिल्ला अधिवेशनमा समेत जिल्ला सभापतिको उम्मेदवार हुने चर्चा रहेका बेला महाधिवेशन प्रतिनिधिमै हारेपछि उनी जिल्ला सभापति हुन पाउने छैनन् । कांग्रेसको विधानमा जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था रहेको छ ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट को–को जिते ?
     
    १) उद्धव बोहरा २६५  
    २) चिन्तामणि भट्ट ३३२
    ३) टिका बैज  २५९

    ४) दलबहादुर बोहरा ३०६
    ५) दुर्गाप्रसाद भट्ट  २७६
    ६) पुष्कर राज ओझा ३०३

    ७) बहादुरसिंह थापा ३६६
    ८) मिनबहादुर सिंह  २८०

    ९) लोकबहादुर देउवा ३०४
    १०) हेमराज ओझा ३३२

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend