काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुरका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले महाधिवेशन प्रतिनिधि पदमा सर्वाधिक मत ल्याउने कीर्तिमान बनाएका छन् ।
मकवानपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट बानियाँ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएका छन् ।
सोमबार भएको मतदानको मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि पदमा खुलातर्फ खसेको कूल ७४८ मतमध्ये बानियाँले सर्वाधिक ६७६ मत पाएका छन् ।
नेता बानियाँसहित खुलातर्फबाट आनन्दराम पराजुलीले ६११, अमृतकुमार लामाले ५७७, विष्णुकुमार लामिछानेले ४९३, दिनेश उपाध्यायले ४८६, रघुरमण न्यौपानेले ४८४, प्रभातकुमार दाहालले ४५५, रामचन्द्र अर्यालले ४५५, रामबाबु बानियाँले ४४१ र ताराचन्द्र बजगाईंले ४०५ मत ल्याएर जितेका छन् ।
खुला महिलातर्फ उर्मिला पुलामीले ५९७, प्रवित्रा विकले ५८३, अञ्जना उपाध्यायले ४८७ र मिरा बन्जाराले ४७२ मत ल्याएर जितेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।