काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रवार प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिको निर्वाचन भएको छ ।
देशभरजस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका १० क्षेत्रमा पनि नयाँ सभापति र कार्यसमिति बनेका छन् ।
झापा जिल्लामा प्रतिनिधि सभाका ५ वटा र प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आएको छ ।
जसअनुसार प्रदेशसभा क्षेत्र नम्बर १(क) को सभापति पदमा हरि बुढाथोकी र १(ख) को सभापति पदमा सन्तोष न्यौपाने चुनिएका छन् ।
नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईंका अनुसार प्रदेशसभा क्षेत्र नम्बर २(क) को सभापतिमा लक्ष्मी आचार्य र २(ख) को सभापतिमा किरण श्रेष्ठले जितेका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ३(क) र (ख) को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली विजयी भएका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ४(क) र (ख) को सभापति पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला विजयी भएका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर ५(क) को सभापतिमा जीवनकुमार राई र ५(ख) को सभापतिमा रवि न्यौपाने निर्वाचित भएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।