काठमाडौँ- भाइरल गायक शुशील सुन्दास र गायिका मेनुका परियारको आवाजमा लोकदोहोरी गीत गाजलैको धर्को भाग २ 'बनमा जरायो...' रिलिज भएको छ ।
कुमार परियारको शब्दलाई टपक्क टिपेर संगीतकार गोबिन्द पंगेनीले गीतमा संगीत भरेका छन् । विस्वास नेपालको संगीत संयोजन रहेको गीतलाई सुन्दास फिल्म्स् नामक युटुब च्यानल मार्फत शुक्रबार रिलिज गरिएको हो ।
भिडिओमा मोडल करिश्मा ढकाल, बिनोद सुन्दास, पुजा सुन्दास, गणेशबाबु बिक, आर्या बर्देवा, करिश्का परियारको अभिनय रहेको छ ।
सुन्दास फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओको करण चैसिरको छायांकन रहेको छ भने अमृत चापागाईको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।