सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चिनियाँ कम्पनीद्वारा हजारौं उइगरहरुलाई सिन्जियाङबाट नानजियाङ लगिँदै 

चिनियाँ कम्पनीद्वारा हजारौं उइगरहरुलाई सिन्जियाङबाट नानजियाङ लगिँदै 

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 3.7K
    SHARES

  • चिनियाँ कम्पनीद्वारा हजारौं उइगरहरुलाई सिन्जियाङबाट नानजियाङ लगिँदै 

    बेइजिङ - चिनियाँ कम्पनीहरुलई सिन्यिाङमा रहेको उइगरहरुलाई नान्जियाङमा स्थानान्तरण गर्न थालेको छ। चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएर जबरजस्ती काममा लगाइएका उइगरहरुलाई सिन्जियाङबाट नानजियाङमा लैजान थालिएको हो। 

    चिनियाँ जब प्लेसमेन्ट कम्पनीले तीन हजार उइगर कामदारहरुलाई चीनको नानजियाङमा रहेका कम्पनीहरुमा लगेको हो। जसमा १६ वर्षका किशोरीहरु पनि रहेको बताइएको छ। त्यसैगरी हजारौं अन्य कामदारहरुलाई सन् २०२२ को सुरुवातमा लैजाने तयारी भएको रेडियो फ्रि एसियाको अनुसन्धानले देखाएको छ। 

    आरएफए उइगर सेवाले चिनियाँ भाषाको विज्ञापन विबो र विच्याटमा दुई हजारभन्दा बढी उइगरहरु आवश्यकता भएको विज्ञापन देखेपछि अनुसन्धान सुरु गरेको हो। १६ देखि ३० वर्षसम्मका उइगरहरु आवश्यक रहेको विज्ञापन खुला गरिएको थियो। 

    उक्त विज्ञापनमा कम्पनीको नाम भने खुलाइएको छैन। जसमा फोन नम्बर भने राखिएको थियो। त्यहाँ राखिएको फोन नम्बरको कोड नानजियाङको रहेको बताइएको छ। आरएफले उक्त नम्बरमा फोन गर्दा एम महिलाले फोन रिसिभ गरेको र जब प्लेसमेन्ट कम्पनी भएको बताएको थियो। 

    कम्पनीले पछिल्लो समय तीन हजार कामदारलाई पठाइसकेको र थप हजारौं किशोरीसहितका कामदारहरुलाई पठाउने तयारीमा रहेको बताएका थियो। चीन सरकारले लाखौं उइगरहरुलाई हिरासतमा राखेर यातना दिने गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २ २०७८११:१५:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend