आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा, यस्तो छ निर्णय

आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा, यस्तो छ निर्णय

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 4.9K
    SHARES

  • आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा, यस्तो छ निर्णय

    काठमाडौं – आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा हुने भएको छ ।

    बैतडी जिल्लाको मेलौलीमा लाग्ने जात्राका लागि मेलौली नगरपालिकाले सूचना जारी गर्दै आज बिहीबार र भोलि शुक्रबार सार्वजनिक बिदा हुने जनाएको छ भने पर्सि शनिबार बिदा नै छ । यसरी आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा हुँदैछ ।

    मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा आज बिहीवार र भोलि शुक्रवार बलीसहित भव्य जात्रा लाग्दैछ ।

    नगरपालिकाले दिएको बिदाको २ दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताएका छन् ।

    मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी देश भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

    जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले समेत बिहीवार १ दिन सार्वजनिक दिने निर्णय गरेको छ । नगर प्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा आज बिहीवार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जानकारी दिए । 

    बिदाका दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय लगायतका कार्यालयमा बिदा रहने जानकारी दिइएको छ । जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend