काठमाडौं - एमाले महाधिवेशन प्रतिनिधि छनोटमा अध्यक्ष केपी ओली पक्षले एकलौटी गरेपछि विद्रोह सुरु भएको छ । यसको सुरुवात सुनसरी र कैलालीबाट भएको छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा ४२ जना प्रतिनिधि चयन गर्नुपर्ने छ। प्रतिनिधि छनोटका लागि मंगलबार निर्वाचन तोकिएको भए पनि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न निर्वाचन स्थगित गरिएको छ।
प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गराइए पनि संस्थापन ओली पक्ष नेताको दबाबमा निर्वाचनको तयारी नै नगरेका कारण प्रतिनिधि छनोट हुन नसकेको एमाले इटहरी उपमहानगर कमिटी सदस्य ऋषि नेपालले जानकारी दिए।
निर्वाचन गर्नको साटो सहमतिका नाममा मनोनयन दर्ता गराइएका आकांक्षीहरुलाई सचिव भीम आचार्य र जिल्ला अध्यक्ष खेमराज पोखरेलले नेताहरुले गरेको निर्णय मान्ने सर्तमा जबरजस्ती हस्ताक्षर गराइको बुझिएको छ ।
उता, कैलालीमा ४४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । तर, सबै ओली पक्षका मात्र आएपछि भीम रावल पक्षले कैलाली १ मा समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरेको छ । अछाममा पनि रावल पक्षका एक दुईजना मात्र प्रतिनिधि ल्याइएको छ । जसकारण रावल ओलीसँगव क्रुद्ध बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।