शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले प्रतिनिधि छनोटमा ओलीको कब्जा, १० भाइ निकट सय प्रतिनिधि पनि आउन सकेनन्

एमाले प्रतिनिधि छनोटमा ओलीको कब्जा, १० भाइ निकट सय प्रतिनिधि पनि आउन सकेनन्

  • मिडिया डबली
  • बुधवार, मंसिर १ २०७८

  • 5.8K
    SHARES

  • एमाले प्रतिनिधि छनोटमा ओलीको कब्जा, १० भाइ निकट सय प्रतिनिधि पनि आउन सकेनन्

    काठमाडौं - अबको एक सातापछि एमालेको १०औं महाधिवेशन चितवनको सौराहामा आयोजना हुँदैछ । यसपटक एमाले महाधिवेशन नीतिभन्दा पनि नेतृत्व चयनमै सीमित हुनेछ ।

    अर्थात् केपी ओलीलाई फेरि एकपटक अध्यक्ष निर्वाचित गरेर एमालेको महाधिवेशन सकिनेछ । ओली अध्यक्षमा निर्वाचित वा सर्वसम्मत भएपछि बाँकी पदमा उनी पक्षका आउन कुनै अप्ठेरो छैन ।

    किनकि अहिलेसम्म ६६ जिल्लाबाट एमालेका महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । पार्टी अध्यक्ष ओलीले भिडियो सम्बोधनमार्फत सर्वसम्मत नेतृत्व चयन गर्न र निर्वाचन नगराउन निर्देशन जारी गरेपछि अहिले सर्वसम्मतका नाममा सबै ओली पक्षका महाधिवेशन प्रतिनिधि मात्र छनोट भएका छन् ।

    एमाले नेताहरूका अनुसार माधवकुमार नेपाल पक्ष छुट्टिएर गएपछि ओलीलाई हाइसन्चो भएको छ । त्यसैले अब उनको विरोधमा कोही पनि उभिन सक्ने अवस्था छैन । हिजो माधव नेपाललाई अन्तिम समयमा धोका दिएर ओलीलाई साथ दिने १० भाइको हरिबिजोग भएको छ ।

    १० बुँदे सहमतिका नाममा ओलीसँग आत्मसमर्पण गरेका १० भाइ निकट एक सय महाधिवेशन प्रतिनिधि पनि छनोट नभएको बुझिएको छ । बरु ओलीले पूर्वमाओवादी केन्द्रका नेताहरूलाई अलि भ्यालू दिएका छन् ।

    झन्डै ९० प्रतिशत महाधिवेशन प्रतिनिधि ओली पक्षका आएकाले अब एमालेमा उनको विरोध गर्नेको राजनीतिक भविष्य समाप्त हुने स्थिति छ । सोही कारण पनि अहिले १० भाइको अनुहार कालोनीलो भएको छ ।

    ओलीले हालै सम्पन्न विधान महाधिवेशनबाट पार्टीमा प्यानल बनाएर चुनाव नलड्ने नीति पारित गराएकाले अब उनले जे जे चाह्यो त्यही त्यही व्यक्ति मात्र एमाले नेतृत्वमा आउने छन् ।

    अहिले ओलीको टार्गेटमा भीम रावल र घनश्याम भुसाल मात्र छन् । दुवैलाई १०औं महाधिवेशनपछि घरको न घाटको अवस्थामा पुर्याइदिने ओलीको तयारी छ । अन्य नेताहरू भने कोही ओली र कोही विष्णु पौडेलसँग बिलय भएका छन् ।

    योगेश भट्टराई ओलीमा र गोकर्ण विष्ट पौडेलसँग बिलय भएका छन् । दुवैलाई फेरि एकपटक सचिवमा थन्क्याइदिने ओली पक्षको भित्री रणनीति छ ।

    स्रोतका अनुसार ओलीले शंकर पोखरेललाई उपाध्यक्ष र विष्णु पौडेललाई महासचिव बनाउने तयारी गरेका छन् । त्यसले गर्दा पनि अहिलेसम्म कसैले पनि पदाधिकारीमा उम्मेदवारी घोषणा नगरेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend